लुम्बिनी प्रदेश सरकार

स्वास्थ्य मन्त्रालय

स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय

गुल्मी

लुम्बिनी प्रदेश सरकार अन्तर्गत स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय मातहत रहेको स्वास्थ्य कार्यालय गुल्मी जिल्लाको प्रमुख प्राविधिक र प्रशासनिक एकाइ हो नेपालको संविधान २०७२ बमोजिम आधारभूत स्वास्थ्य क्षेत्रको पहुँच वृद्धि गरी न्यायसँगत एवं जवाफदेही स्वास्थ्य सेवा प्रणालीको माध्यमबाट स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि गरिने क्रियाकलापहरु संचालन, व्यवस्थापन, समन्वय, योजना तर्जुमा, अनुगमन गर्ने निकायको रुपमा रहेको प्रदेश मातहतको निकाय हो  स्वास्थ्य कार्यालयले स्थानीय संस्थाहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सहजीकरण गरीरहेको छ  र लुम्बिनी प्रदेश अन्तर्गत प्रदेश र स्थानीय तहसंग समन्वय, सहजीकरण, सहयोग एवं तोकिए बमोजिम प्रदेशको निर्देशन भए अनुसार कार्यान्वयन गर्ने कार्यलयको रुपमा रहेको छ

स्वास्थ्य कार्यालय हालसम्म जिल्ला भित्रका स्वास्थ्य सम्बन्धी सम्पूर्ण गतिविधिलाई संचालन गर्ने तथा नियमन गर्ने निकायको रुपमा काम गरिरहेको परिपेक्ष्यमा हाल देश संघीयतामा गैसकेको र स्थानीय तह नै स्थानीय सरकारको रुपमा काम गर्ने गरि संविधानमा व्यवस्था गरिए अनुसार स्वास्थ्य कार्यालयको भूमीका सहकार्य तथा समन्वयकारी रहन्छ । सरकारी तथा गैर सरकारी संस्थाहरुले संचालन गरेका क्रियाकलापहरुको अभिलेख राख्ने तथा प्रतिवेदन तयार गरी माथिल्लो निकायमा पठाउने गर्दछ । यस कार्यालयले संचालन गरेका प्रर्वधनात्मक, प्रतिकारात्मक र  उपचारात्मक सेवाहरुले समुदायको स्वास्थ्य रक्षा तथा प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । गुणात्मक स्वास्थ्य सेवाको माध्यमबाट स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकोले सबै जाति, लिङ्ग, क्षेत्र र वर्गमा समानुपातिक रुपमा स्वास्थ्य सेवाको पहँ'च पु¥याउने काम यस कार्यालयले गर्दछ ।